पोखरा–सौराहाका लागि सुविधासम्पन्न बस सेवा सुरु

पाेखरा | असोज १७, २०८१

पोखरा–सौराहाका लागि सुविधासम्पन्न बस सेवा सुरु

पोखरा:    पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अन्तर्गत पोखरा– चितवन सौराहाका लागि रोयल पोखराको २ वटा सुविधासम्पन्न बस सञ्चालनमा आएको छ । 

 

दुई पर्यटकीय गन्तव्य जोड्ने गरी पृथ्वी राजमार्ग सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगन्द्र बहादुर केसीले करिब १ करोड ५० लाखको लागतमा घटस्थापनाको अवसर पारेर आजदेखि सेवा सुरु गरको हो ।

 

पृथ्वी राजमार्ग सञ्चालक कम्पनी प्रालिका संरक्षक तथा वरिष्ठ यातायात व्यवसायी केशव अधिकारीले उक्त बस सेवाको शुभारम्भ गरेका हुन् । 

 

 

उक्त बस पर्यटक बसपार्कबाट छुट्ने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले बताए । 

 

उनले विभिन्न समस्या तथा चुनौतीको सामना गर्दै यात्रुहरुलाई गन्तव्य पु¥याउन लागि परिरहेको बताए । 

 

‘देशमा बाढी पहिरो लगायतका विभिन्न कारणले सार्वजनिक यातायात सञ्चालन गर्न धेरै चुनौतीहरु सृजना भएका छन्’, अध्यक्ष केसीले भने, ‘तथापी हामी यातायात व्यवसायी मजदुरहरु आत्मविश्वासका साथ प्रस्थान बिन्दुबाट गन्तव्य विन्दुमा पु¥याउन लागि परिरहेका छौं, ।’ 

 

उनले यात्रुहरुलाई सुविधासहितको सेवासहित पर्यटकीय गन्तव्यहरुलाई जोड्ने गरी बस पोखरा–चिवतन सौराहा लागि बस सञ्चालनमा ल्याएको समेत बताए । 

 

 

‘यात्रुहरुलाई कति सकिन्छ सुविधासहितको सेवा दिने प्रयास गरिरहेका छौं, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले पर्यटकीय गन्तव्यहरुलाई जोड्ने गरी बसहरु सञ्चालमा ल्याइरहेका छौं’, उनले भने, ‘ सोही सन्दर्भमा पोखरा–चितवनको सौराहा जोड्ने बसको शुभारम्भ गरेका छौं, यसरी नै हामीले पर्यटकीय गन्तव्यलाई जोड्ने गरी भिआईपी गाडी सञ्चालन गर्ने लक्ष्य राखेका छौं ।’

 

सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यसहित दुर्घटनारहित सेवा सञ्चालन गर्ने लक्ष्यसहित यातायात व्यवसायीहरु लागि परिरहेको बताए । 

 

उनका अनुसार पोखरा– चितवनको सौराहा र सौराहा–पोखरा बिहान ७ बजे बस छुट्नेछ । भने, भाडादर १ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ । 

 

 


 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्